top of page
Recent Posts
Featured Posts

महिलाका लागि दिल्ली कति सुरक्षित

किशोरी बलात्कारको चार वर्ष

पुस १, २०७३- आजभन्दा ठ्याक्कै चार वर्ष अगाडि दिल्लीमा एक किशोरीमाथि सामूहिक बलात्कार भयो । बलात्कारको केही दिनपछि किशोरीको मृत्यु भयो, जसले संसारलाई नै स्तब्ध बनायो । यसलाई भारतको एक दु:खद् र पीडादायी घटनाको रुपमा लिइन्छ । सो दुखद घटनाले संसारको नै ध्यान खिचेको थियो । यतिमात्र होइन, सो घटनापछि दिल्लीमा महिलाहरुको सुरक्षाको बारेमा नयाँ बहस नै शुरु भयो । डिसेम्बर १६, २०१२ मा भएको सो घटनाको आज चार वर्ष भएको छ ।

आज महिलाको लागि दिल्ली कति सुरक्षित छ त ? भारतीय सञ्चारमाध्यमहरुले यस अवधिमा महिलाा सुरक्षाको विषय झन् बिग्रेको समाचारहरु प्रकाशित गरेका छन् । महिला सुरक्षाको लागि निकै कडा कदम र नीतिहरु लिइए पनि यो अझै एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।

हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको एक समाचारअनुसार सन् २०१२ मा बलात्कारको संख्या ७०६ थियो भने त्यो बढेर सन् २०१६ को अहिलेसम्म २१९९ पुगेको छ । भारतीय प्रहरीहरुले सन् २०१२ को सो घटनापछि बढीभन्दा बढी महिलाहरुले आफूले भोगेका समस्याहरु प्रहरीसमक्ष रिपोर्ट गर्न थालेकाले बढेको बताएको छ । त्यसैगरी, सन् २०१३ मा बलात्कारका १६३६, सन् २०१४ मा २१६६ र सन् २०१५ मा २१९९ घटना दर्ता भएका थिए ।

दिल्लीमा यौनहिंसा र बलात्कारका घटना दिनहुँ बढिरहेका छन् । गत डिसेम्बर १३ मा मात्र दिल्लीको जामिया नगरमा १५ वर्षीय किशोरीको बलात्कार भएको थियो । त्यसैगरी, गत सेम्टेम्बरमा गोविन्दपुरीमा तीन वर्षीया बालिकालाई उनको काकाले नै बलात्कार गरेको समाचार प्रकाशित भएको थियो । तीन हप्ता अगाडि सात वर्षकी एक नेपाली किशोरी बलात्कार भएको घटनालाई प्रवासी नेपाली संगठनहरुले बाहिर ल्याएका थिए ।

उसो त, भारतमा सन् २०१२ को सो घटनापछि कानुनलाई समेत निकै कडा बनाइएको छ । अपराधसम्बन्धी कानुनलाई सन् २०१३ मा संशोधन गरेर बलात्कारको परिभाषालाई फराकिलो बनाइएको छ । पहिला बलात्कारीलाई १० वर्षको सजाय हुने गरेकोमा त्यसलाई बढाएर अहिले २० वर्ष बनाइएको छ । त्यसैगरी, बलात्कार भएर मृत्यु भएमा आजीवन काराबासको व्यवस्था गरिएको छ ।

दिल्ली प्रहरीले पहिलाको तुलनामा महिलाको सुरक्षा सार्वजनिक स्थलमा कमी आए पनि परिवार तथा समाजमा नै यस्ता घटना हुने गरेकाले रोक्न जटिल भएको बताउने गरेको छ । त्यसैगरी महिलालाई छुने तथा दुव्र्यवहार गर्ने गरेमा एक वर्षदेखि ५ वर्षसम्मको सजाय तोकिएको छ । तर, महिला हिंसाको घटनामा कमी भने आएको छैन । भारतीय सञ्चारमाध्यमहरुमा दिनुहुँ बलात्कार र महिला हिंसाका घटनाहरु सार्वजनिक हुने गर्दछन् ।

चार वर्ष अगाडि भएको सो घटनापछि दिल्लीमा ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनलाई हिंसातर्फ नजाओस् भनी रोक्नका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले टेलिभिजनमार्फत् संबोधन नै गर्नु परेको थियो । किशोरीकी आमाले भारतीय सञ्चारमाध्यमहरुलाई दिएको अन्तर्वार्तामा दिल्ली महिलाहरुको लागि अझै पनि असुरक्षित रहेको बताएकी छन् ।

भारतिय सञ्चारमाध्यमहरुका अनुसार विशेषगरी सार्वजनिक यातायातहरु अझै पनि महिलाको लागि सुरक्षित छैनन् । यद्यपि सन् २०१२ को तुलनामा निकै परिवर्तनहरु आएको छ । सार्वजनिक रुपमा चल्ने बसहरुमा सीसीटीभीको व्यवस्था गरिएको छ भने कुनै समस्या पर्नेबित्तिकै प्रहरी तथा अन्य हटलाइनहरुले तत्काल रेस्पोन्स गर्ने गरेका छन् । विज्ञहरुले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन जोड दिइरहेका छन् ।

No tags yet.
Search By Tags
Archive

December 09, 2016

nano

What's this iterfrfrtrm about? What makes it interesting? Write a catchy description to grab your audience's attention...

December 09, 2016

Copy Of -nano

What's this iterfrfrtrm about? What makes it interesting? Write a catchy description to grab your audience's attention...

January 03, 2023

This is Your First Item

Tell people more about this item. What's it about and what makes it interesting? Give people the info they need to go ahead and take the action you want.

To make this item your own, click here > Add & Manage Items.

February 23, 2023

This is Your Second Item

Tell people more about this item. What's it about and what makes it interesting? Give people the info they need to go ahead and take the action you want.

To make this item your own, click here > Add & Manage Items.

May 28, 2023

This is Your Third Item

Tell people more about this item. What's it about and what makes it interesting? Give people the info they need to go ahead and take the action you want.

To make this item your own, click here > Add & Manage Items.

Please reload

Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Basic Square
bottom of page