ओलीसँग बहस गर्न तयार छु, संशोधनलाई राष्ट्रघाती देख्नेहरु राजाका पिछलग्गु हुन्’
- न्यानो समचार
- Dec 10, 2016
- 2 min read
२५ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता फर्मुल्लाह मन्सुरले कसैले भन्दैमा संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् ।
संविधान कार्यान्वयनका लागि संशोधन अनिवार्य भएको भन्दै उनल दुई तिहाईले पारित हुने दाबी गरे । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता मन्सुरले उनले भने,’कसैले विरोध गर्दैमा केही हुनेवाला छैन, यो पस्ताव पारित हुन्छ ।’
संशोधन प्रस्ताव राष्ट्रघाती नभएको भन्दै उनले संशोधनको विरोध गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बसेर बहस गर्न आफूहरु तयार रहेको बताए ।
उनले भने, ‘हिजो संविधान जारी गर्दा पनि हामीले असहमति र असन्तुष्टिका कुराहरु राखेका छौं । तर, संविधान जारी गरौं पछि संशोधन गर्दै जाने हो भनेर शीर्ष नेताहरुले भनेपछि संविधान जारी भएको हो । अहिले आएर ९० प्रतिशतको सहमतिमा संविधान जारी भएको हो भन्न मिल्छ ? हामी विना कसरी ९० प्रतिशत पुग्थ्यो ?’
कांग्रेस नेता मन्सुरले संशोधन प्रस्तावलाई राष्ट्रघाती देख्नेहरु नै राजाका पिछलग्गुहरु भएको आरोप लगाए । उनले थपे, ‘यो प्रस्ताव राष्ट्रघाती छैन, यो त जनतालाई अधिकार दिलाउनको लागि ल्याइएको हो । जनतालाई अधिकार दिने प्रस्तावको विरोध गर्नेहरु नव मण्डलेहरु हुन् ।’
उनले एमाले अध्यक्ष ओलीको पछिल्ल्ाा अभिव्यक्तिहरु सरकार छोड्नु पर्दाका छटपटीका रुपमा लिँदा उत्तम हुने तर्क गरे । मन्सुरले थपे, ‘उहाँलाई सरकार छोड्नु पर्दाको छट्पटीहरु होलान, तुष छ ।’
मधेसी जनताहरुमाथि राष्ट्रियताको प्रश्न गर्नु गलत हुने उनले बताए । कांग्रेस नेता मन्सुरले भनेे, ‘यो मधेसी जनताहरुमाथिको अपमान हो, जनताले अब यसको जवाफ दिन्छन् ।’
मन्सुरले संशोधन प्रस्तावलाई लिएर अनर्गल प्रचार नगर्न समेत एमालेका नेताहरुलाई चेतावनी समेत दिए । उनले भने,’अहिले अर्नगल प्रचार गरेर शासकहरुले भोलि आफ्ना नातिलाई मुख्यमन्त्री बनाउने सुनिश्चिताको लागि यस्तो चर्को कुरा गरिरहेका छन्, यो त मधेसी जनताहरुलाई शासनमा पुग्न नदिने षड्यन्त्र हो ।’
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. बंशिधर मिश्रले संशोधन प्रस्ताव जनताको हितमा नभएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरे ।
विदेशीको चाहना अनुरुप प्रस्ताव आएको भन्दै यसलाई तत्काल फिर्ता लिएर सबै पक्षसँग बृहत्तर छलफल गरेर औचित्य पुष्टि गर्नेगरी अर्को प्रस्ताव ल्याए आफूहरु सहयोग गर्न तयार रहेको जिकिर गरे ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र जैसवालले संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने ठोकुवा गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले यथास्थितिमा आफ्नो पार्टीले संशोधन प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारे ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले अहिलेको संशोधन प्रस्तावले समस्याको समाधान खोज्ने प्रयास गरेको भएपनि अहिलेकै अवस्थामा यो आफूहरुलाई मान्य नभएको बताए ।
Comentários